Shittalpati
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् । 
बजेटमा नागरिकका माग समेट्न भन्दै  तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण 
बजेटमा नागरिकका माग समेट्न भन्दै तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण  नेकपा एमाले तानसेन नगर कमिटीले आगामी वर्षको बजेटमा नागरिकका विभिन्न मागहरु सम्बोधन गर्न भन्दै  तानसेन नगर सरकारलाई  ध्यानाकर्षण गराएको छ । एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले विभिन्न विषयबस्तुका १८ बुदाँमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
दादुरा रोगविरुद्धको खोप अभियान
दादुरा रोगविरुद्धको खोप अभियान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६...
डुवेर दुुईको मृत्युु
डुवेर दुुईको मृत्युु डुवेर दुुई जनाको मृत्युु भएको छ । देशका विभिन्न जिल्लाका छुट्टाछुुट्टै स्थानमा पानीमा डुवेर दुुई जनाको मृत्युु भएको हो ।
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।
तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल
तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल जिल्लाको तानसेनमा रक्तदान सचेतना सम्बन्धी सरोकारवालाहरुबिच छलफल भएको  छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान सचेतना सम्बन्धी एक दिने छलफल भएको हो ।
सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी
सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो । 
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई  
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई   विश्व वातावरण दिवसको अवसरमा सोमबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, शिवालय टोलविकास संस्था र ग्रीन फर गुडमा आवद्ध अभियान्ताहरुलें विद्यालय, टोल क्षेत्र वरपर सरसफाइ गरेका हुन् । 
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द केही दिनयता देशका विभिन्न स्थानहरूमा अचाक्ली गर्मी बढेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
Weather Update