Shittalpati
सर्पको टोकाइबाट एककोे मृत्यु


घोराही (दाङ),  दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

आज बिहान उहाँलाई घरभित्र सर्पले टोकेको थियो । यादवको उपचारको क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update