Shittalpati
अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

पाल्पा, जिल्लामा रामपुरमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ ।  रामपुर नगरपालिका–२, सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानु कुमारी रावतको मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते  भइएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

घर  नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा  उहाँलाई कालो अरिङ्गालले एक्कासी टोकेको थियो । अरिङ्गालको टोकाई गम्भिर घाईते उनलाई तत्काल उपचारको लागि रामपुर अस्पताल लगिएकोमा थप उपचारका लागि प्रभास ल्याइएको थियो । शवलाई आज पोष्टमार्ट गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update