Shittalpati
आज भ्रष्टाचारविरुद्धको दिवस

पाल्पा, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।

राष्ट्रसंघीय महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसंघीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । भ्रष्टाचार विरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गीकार गरिएको छ । सरकारले भ्रष्टाचार हुन नदिन प्रतिवद्ध रहेको र अनियमितता तथा भ्रष्टाचारमा संलग्नप्रति कडाई गर्ने बताउदै आए पनि भ्रष्टाचार कम हुन सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेश्नलले पनि नेपालमा भ्रष्टाचार बढेको अनुभव गर्नेको संख्या बढेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update