Shittalpati
शिक्षक संगठनको अध्यक्षमा न्यौपाने

गुल्मी, नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्षमा विनोद न्यौपाने चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामचन्द्र विक र इन्दिरा कंडेल पन्थ, सचिवमा विष्णुप्रसाद भण्डारी, सह–सचिवमा लक्ष्मी न्यौपाने, कोषाध्यक्षमा विष्णु उपाध्यक्ष, सह–कोषाध्यक्षमा कमला ज्ञवाली रहेका छन् । अधिवेशनमा छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, नेकपा एमाले छत्रकोट गाउँकमिटी अध्यक्ष पिताम्बर अर्याल, सचिव यज्ञ पाण्डे, शिक्षक संगठनका जिल्ला सचिव भूवन टण्डन, पूर्व अध्यक्ष होमनाथ कंडेल लगायतले नव निर्वाचित कमिटीलाई सफलताको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्षले पालिका भित्रका शिक्षकका हकहितको निम्ति काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update