Shittalpati
पाल्पामा लागु औषध र अपराध नियन्त्रणका लागि छलफल

भरत शर्मा

पाल्पा, पाल्पामा लागु औषध र अपराध नियन्त्रणका लागि छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्लामा लागुऔषध नियन्त्रण पछिल्लो समय चुनौतीको विषय बन्दै गएपछि गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाको आयोजनामा जिल्लाका सरोकारवालाहरुसँग छलफल गरिएको हो । खुल्ला सीमा, लागुऔषध नियन्त्रणको प्रभावकारी नीति र त्यसको कार्यान्वयनको समस्याले लागुऔषध प्रयोगकर्ता मात्रै होइनन् ओसार पसार र व्यापार गर्ने पनि प्रहरीका लागि पछिल्लो समय टाउको दुखाइको विषय बनेको छ ।
सरकारले लागुऔषध नियन्त्रण ऐन २०३३ सालमै ल्याएको थियो । लागुऔषध नियन्त्रण राष्ट्रिय नीति ल्याएरै लागुऔषध र लागुऔषधसँग जोडिएका सवाल नियन्त्रणको काम थालेको पनि वर्षाै बित्यो तर भएका ऐन र नियमावाली कार्यान्वयन नहुँदा यो समस्या पाल्पामा मात्र नभएर अन्य जिल्लामा पनि बढ्दै गइरहेको छ ।

बढ्दो समस्यालाई नियन्त्रणका लागि लागु औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा शुक्रबार तानसेनमा सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया गरिएको छ । छलफल कार्यक्रममा नेपालमा लागु औषध र मदिराले पु¥याएको अपराध, यसका चुनौती र नियन्त्रणका उपाय विषयमा गृह मन्त्रालयका उप–सचिवहरु किरण सुवेदी र अर्जुन भण्डारीले कार्यपत्र पेश गरेका थिए । कार्यपत्र पेश गर्दै उनीहरुले छलफलबाट आएका सुझावहरुलाई नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गरिने बताएका छन् । गृहमन्त्रालयले लागु औषधको उत्पादन, ओसारपसर, विक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सो को आधारमा नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको उनीहरुले बताए । लागऔषध, अपराधको रोकथाम तथा नियन्त्रण गरी लागऔूषध रहित समाज बनाउने अभियानमा सरकार अगाडि बढेको गृह मन्त्रालयका उप–सचिवहरुको भनाई छ । छलफल कार्यक्रममा पाल्पामा लागु औषध र मदिरा सेवनबाट घटेका अपराधका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले कार्यपत्र पेश गरेका थिए । कार्यपत्र पेश गर्दै उपरीक्षक भट्टराईले लागु औषध नियन्त्रण गर्नका लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताए । ‘लागु औषध नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्रै संम्भव छैन’–भट्टराईले भने– ‘नियन्त्रणमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’ लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले विविध सचेतना मूलक कार्यक्रम आयोजना गरेको जानकारी दिदै उनले यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गरे ।
कार्यपत्र माथी टिप्पणी गर्दै सहभागीहरुले निति नियम र कानूनको पालना सबै पक्षबाट हुन सके मात्र लागु औषध नियन्त्रण गर्न सकिने बताए । जिल्लामा लागुऔषध नियन्त्रणका लागि थुप्रै खाले प्रयास सरकारी र निजी क्षेत्रबाट भइरहे पनि लागुऔषध प्रयोगकर्तालाई प्रभावकारी कानुनी कारवाही नहुँदा समस्या उपन्न हुँदै गएको सहभागीहरुको भनाई छ । उनीहरुले लागु औषध प्रयोग कर्ताको सेवन नेपालमा दिननुदिन बढ्दै गएको, धनीवर्ग बढी मात्रामा कुलतमा फस्ने गरेको राज्यले नियम कानून पालनामा कढाई गर्न नसकेको जस्ता टिप्पणी गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीले घरेलु मदिरा उत्पादकले आफ्नो जिविका मदिरा उत्पादनबाट चलाएका कारण यसको प्रयोग बढेको हुदाँ वैकल्पिक आयआर्जनको उपाय खोजिनु पर्ने बताईन् ।
उनले मदिरा सेवनका कारणले नै अपराधिक क्रियाकलापहरु बढ्दै गएकाले यसको उचित व्यवस्थापन गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्लालाई लागुऔषध,अपराधको रोकथाम तथा नियन्त्रण गरी लागुऔषध रहित जिल्ला बनाउने अभियानमा सबैले साथ दिन आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, रा.प्र.पा.का केन्द्रीय सदस्य डुलबहादुर कुंवर, जनमोर्चा नेपालका विशाल दर्लामी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, रेडक्रस पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, तानसेन ७ का वडा अध्यक्ष मुक्ति जि.सी., मदिरा व्यवसायी समितिका जिल्ला अध्यक्ष यादव सिंह कार्की, पाल्पा व्यापार संघका बिष्णु कार्की लगाएतले लागु औषध निषेध तथा मदिरा नियन्त्रण र अपराध न्यूनिकरण सम्बन्धी आ–आफ्ना सुझाव राखेका थिए ।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update