Shittalpati
लकडाउन पुनः १२ दिन थप्ने सरकारको निर्णय

काठमाडौँ, सरकारले पुनः १२ दिन थप्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु¥याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको छ । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि सरकारले पुन बढाएर लगेको हो । वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । सरकारले यसअघि नै वैशाख १८ गतेसम्म हवाई उडान बन्द गर्ने पनि निर्णय गरेको थियो । देशका विभिन्न ठाउँमा देखिएको संक्रमण, प्रदेशका मुख्यमन्त्रीहरु र प्रधानमन्त्रीसँगका सम्बादमा मुख्यमन्त्रीहरुले दिएको सुझाव, उपत्यकाभित्रै संक्रमण देखिनु तथा भारतले पनि तीन साता लकडाउन बढाएको कारण पनि नेपालले लकडाउन लम्ब्याएको आंकलन गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update