भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
शनिबार, मंसिर २३, २०८०

सरकारले गर्यो महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय
शनिबार, मंसिर २३, २०८०
सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद प्रशासन समितिबाट पेश भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र
शुक्रबार, मंसिर २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।

प्रधानमन्त्रीको स्वीकारोक्ति ‘अर्थतन्त्र सुधारको अनुभूति जनताले गर्न सकेनन्’
शुक्रबार, मंसिर २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान आर्थिक अवस्था सकारात्मक भए पनि त्यसको महशुस आम जनताले गर्न नसकेको स्वीकारेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।

तानसेनको छेर्लुङ्गमा काँग्रेसको वडा सम्मेलन
बिहीबार, मंसिर २१, २०८०
तानसेनको छेर्लुङ्गमा नेपाली काँग्रेसको वडा सम्मेलन भएको छ । काँग्रेसलाई वडा तहदेखि नै सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन काँग्रेस तानसेन नगरपालिका–१३ वडा कार्यसमितिले सम्मेलन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ
बुधबार, मंसिर २०, २०८०
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।

आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
मंगलबार, मंसिर १९, २०८०
एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी जेठमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । अदालतले थुनछेक विरुद्धको पुनरावेदनमा शुक्रबार शुनुवाइ गर्दै रायमाझीसहित ९ जनालाई छाड्न अस्वीकार गरेको हो ।

बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे राय बाझिएको छ । विहिबार बहस सकिए पनि शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो ।

पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई धरौटीमा छाड्न आदेश
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा
बुधबार, मंसिर १३, २०८०
सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उक्त समयमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

देउवाले खोले मुख ‘कसैले चाहँदैमा राजतन्त्र फर्किदैन’
सोमबार, मंसिर ११, २०८०
केही दिन अघिदेखि व्यवस्थामाथि विरोध र प्रदर्शन हुँदै आइरहेका बेला मौन रहेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा मुुख खोलेका छन् ।