Shittalpati
टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै

पाल्पा, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । अदालतले थुनछेक विरुद्धको पुनरावेदनमा शुक्रबार शुनुवाइ गर्दै रायमाझीसहित ९ जनालाई छाड्न अस्वीकार गरेको हो ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको छ । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update