Shittalpati
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश

पाल्पा, नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको हो । उनलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update