Shittalpati
बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने

पाल्पा, नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे राय बाझिएको छ । विहिबार बहस सकिए पनि शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो । 

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिएका थिए तर अर्का न्यायाधीश जनकराज पाण्डेले भने धरौटीमा छाड्नु पर्ने राय दिएका थिए । संयुक्त इजलासमा राय बाझिएपछि अब अर्को इजलासमा छिनोफानो हुनेछ ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update