Shittalpati
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस

जगदीश भट्टराई
पाल्पा, नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको सुखदुःखमा सधै सारथी बन्ने गरेको छ । आपत विपद्मा काँग्रेस गाउँ गएन भने कहिले काँग्रेस आउँछ र सबैको मुहार हंसिलो हुन्छ भन्ने वातावरण सिर्जना भएको छ ।

देश नै अहिले कोरोना महामारीको महा विपद्मा छ । त्यसैले पनि गाउँ टोलका जनताहरु काँग्रेस आगमनको प्रतिक्षामा छन् । महामारीको अवस्थामा जनतालाई साथ दिन नेपाली काँग्रेस केन्दीय नेता चन्द्र भण्डारीको पहलमा गाउँ–गाउँ र टोल टोलमा पुग्ने अभियान जारी छ ।
नेपाली काँग्रेस गुल्मीले गाउँहरुमा पुगेर जनताको पिरमर्कालाई बुझ्ने प्रयास गरेको छ भने, केन्द्र र प्रदेश सम्मका काँग्रेसका नेताहरु सरकारले जनतालाई सहयोग गर्नुपर्ने माग सहितका दवाव घन्काउँदै आएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको पहलमा भएको यो अभियानले अहिले जिल्ला तातेको छ । ‘गुल्मीको क्षेत्र १ अन्र्तगतका पचाँस वडालाई केही राहतको व्यवस्था मिलाएका छौं, अब क्रमशः हामी बाँकी वडामा पनि राहत स्वरुप स्वास्थ्य सामग्री लिएर आउँछौ’ नेता चन्द्र भण्डारीले भने । भण्डारीले थपे ‘म त माध्यममात्रै हो, त्यहाँका जनताका लागि सहयोग गर्ने सहयोगी हातहरुले गरेको सहयोग नै मेरो र गुल्मेली जनताको आत्मबल हो ।’ नेता भण्डारीको पहलमा विभिन्न व्यक्तिहरु बाट सहयोग चुटाएर बन्दाबन्दीको बेला आफ्नो क्षेत्रका जनताको घर आँगनमा पुग्ने कार्य अत्यन्तै महत्वपूर्ण रहेको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

 

राहत स्वरुप स्वास्थय सामाग्री हस्तान्तरण गर्दै, क्षेत्र १ पार्टीका उपसभापति जगदीश भट्टराई, सचिव सन्ताेष गाैतम, नेता अशाेक ठकुरी र ग्रहण गर्दै चन्द्रकाेट गाउपालिका प्रमुख द्राेण खत्री र पालिका परिवार ।

उनले भने, ‘सरकारीकोषबाट भन्दा जिल्लाका सामाजिक संस्था, पत्रकार महासंघ र विदेशमा रहेका गुल्मेलीहरुले गरेको सहयोग र गुल्मेली नेताहरुले गरेको प्रयासले जनताले आहतमा राहत पाएका छन्, यो अभियान आवश्यक थियो र पुरा हुँदैछ, । ’ काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी भन्छन्,‘नेता भण्डारीको पहलले र सहयोगी हातहरुको सहभागिताले सिंगो गुल्मी उत्साहीत भएको छ, स्थानीयस्तरका कार्यकर्ताहरुमा एउटा उत्साह थपिएको छ ।’चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले महामारीका बेला राहत सानो नै किन नहोस्, काँग्रेस जनताको भावनाको कदर गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण भएको बताए । सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले महामारीका बेला कार्यकर्ताको घर आँगनसम्म पुग्नु नै सबै भन्दा महत्वपूर्ण भएको बताए । नेपाली काँग्रेस जनताको भावना र मर्मलाई बुझेर सहयोग जुटाउँने र वितरण गर्ने काममा अरु भन्दा जिम्मेवार भएर लागेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा बताउँछन् । क्षेत्र १ का ५० वडाका हेल्थपोष्ट र पार्टीका प्रत्येक सभापतिहरुलाई सानै भए पनि आवश्यक स्वास्थ्य सामग्री गाउँ–गाउँमा लगिए पछि क्षेत्रमै, जनतासँंग काँग्रेस पुगेको अनुभूति देखिएको गुल्मी क्षेत्र १ प्रदेश ख का नेता धनेन्द्र कार्की बताउँछन् ।


नेपाली काँग्रेस गुल्मीका सहसचिव गोपाल पाण्डेले यस्ता जनसेवी कार्यले गर्दा काँग्रेस प्रति जनताको विश्वास बढेको बताए । नेपाली काँग्रेस क्षेत्र १ का सचिव सन्तोष गौतमले गाउँमा विरामी भएर अस्पताल जान नसक्ने गाह्रो सारोमा परेका जनताको सेवामा काँग्रेस सधै लागी परेको धारणा राखे । कालीगण्डकी गाउँपालिका १ का नेकाँ सभापति रविन्द्रनाथ पाण्डे भन्छन्,‘वडा सभापतिहरु के लिएर महामारी प्रभावित क्षेत्रमा जाने भनेर चिन्ता गरी रहेको बेला केन्द्रीय नेता चन्द्र भण्डारीको पहलमा स्वास्थ्य सामग्री वडा–वडामा आए पछि, प्रभावित क्षेत्रमा गएर मल्हम लगाउँन सहयोग पुग्यो । गुल्मेली नेता धनेन्द्र कार्की, कुशल व्यवसायीहरु बालकृष्ण भूषाल, गोपाल टण्डन, नारायण केसी लगायतका सहयोगी हातहरुलाई सहयोग स्वरुप स्वास्थ्य समाग्री प्रदान गरेकोमा नेता चन्द्र भण्डारीले आभार व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update