Shittalpati
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक अवैध रुपमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार निजको घरमा खान तलासी गर्ने क्रममा १ नाले भरुवा बन्दुक, वारुद गन्दक र छर्रा फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रदेश पाँचको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर एक घाइते

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० बेलाडीमा करेन्ट लागेर एक व्यक्ति घाइते भएका छन् । सोही स्थानका ३६ वर्षका विनोद पासी आफनै बन्दै गरेको घरमा रेलिङ बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका हुन् । उनको क्रिमसन अस्पताल मणिग्राममा उपचार भई रहेको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update