Shittalpati
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास

पाल्पा । जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।

तानसेन वडा नं. ६ र ९ मा देखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्दा क्वारेन्टाइनमा रहेका अन्य नागरिक र स्थानीयमा संक्रमण फैलिन सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको वडा ६ का वडा अध्यक्ष सागरमान महर्जनले बताए । एम्वुलेन्सहरुले संक्रमित बोक्न नमानेपछि आइसोलेशन सेन्टरमा लैजान ढिला भएको अध्यक्ष महर्जनले जानकारी दिए । उनले भने‘सम्बन्धित निकायलाई व्यवस्थापनका लागि आग्रह गरे पनि अहिलेसम्म कुनै व्यवस्था भएको छैन ।’ यस विषयमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसँग सम्पर्क गर्दा आफुहरु व्यवस्थापनमै जुटेको बताए । तर सदरमुकाम जस्तो ठाँउमै रिपोर्ट आएको घण्टौं लाग्दा समेत यातायातको व्यवस्था नहुँदा लजास्पद भएको स्थानीयले बताएका छन् । तानसेनमै आइसोलेशन सेन्टर भए पनि तानसेन भित्रकै वडाबाट संक्रमितहरु ल्याउन ढिला हुनु दुखद् हो ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update