Shittalpati
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
पत्रकार महासंघको मतदाता नामावली प्रकाशन नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट www.fnjnepal.org तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ ।
प्रधानमन्त्री ओली चीन प्रस्थान
प्रधानमन्त्री ओली चीन प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्थानीय उपनिर्वाचन : गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी
स्थानीय उपनिर्वाचन : गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए ।
आज प्रधानमन्त्री ओली चीन जाँदै
आज प्रधानमन्त्री ओली चीन जाँदै प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्न लागेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै
दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।
आज स्थानीय तह उपनिर्वाचन 
आज स्थानीय तह उपनिर्वाचन  स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।...
स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने
स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा मंसिर आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार बन्द भएको छ ।
Weather Update