Shittalpati
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका द्रोणबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताए । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले भने‘ राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने छ’। “यो सरकारलाई सफल...
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता लुम्बिनी प्रदेशका तीन ठूला दलले संसदीय दलको नेता चुनेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, कांग्रेस र माओवादीले प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन गरेका हुन् ।
लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा
लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेतामा चयन गरेको हो ।
लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी
लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी नेपाली काँग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा सोमबार बिहान भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो ।
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने नयाँ राजनीतिक समीकरण बनेसँगै लुम्बिनी प्रदेशको सरकार एमाले–माओवादी सहित सातदलीय गठबन्धनकै बन्ने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा यहाँ पनि एमाले गठबन्धनमै सामेल भएकाको सरकार बन्ने निश्चित देखिएको हो । तर, नयाँ बनेको गठबन्धनको अंकगणित हेर्दा प्रदेश सरकारको भागबण्डा मिलाउन एमाले–माओवादीलाई सहज भने देखिँदैन ।
Weather Update