Shittalpati
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता लुम्बिनी प्रदेशका तीन ठूला दलले संसदीय दलको नेता चुनेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, कांग्रेस र माओवादीले प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन गरेका हुन् ।
लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा
लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेतामा चयन गरेको हो ।
लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी
लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी नेपाली काँग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा सोमबार बिहान भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो ।
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने नयाँ राजनीतिक समीकरण बनेसँगै लुम्बिनी प्रदेशको सरकार एमाले–माओवादी सहित सातदलीय गठबन्धनकै बन्ने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा यहाँ पनि एमाले गठबन्धनमै सामेल भएकाको सरकार बन्ने निश्चित देखिएको हो । तर, नयाँ बनेको गठबन्धनको अंकगणित हेर्दा प्रदेश सरकारको भागबण्डा मिलाउन एमाले–माओवादीलाई सहज भने देखिँदैन ।
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक नेपाली काँंग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उसले यही पुस २२ गते केन्द्रीय समितिको बैंठक बोलाएको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्नै पार्टीको नेतृत्वलाई कडा आलोचना प्रहार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि आफ्नै नेतृत्वलाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचनात्मक दनक दिएका हुन् ।
Weather Update