Shittalpati
पाल्पा –१ मा एमालेको अग्रता कायमै

पाल्पा, पाल्पा क्षेत्र नं. १ मा एमालेको अग्रता कायमै छ । यहाँ एमालेका उम्मेदवारहरुले सुरुदेखि नै अग्रता लिई रहेका  छन् । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्यले १० हजार ७ सय ३५ मत ल्याई अग्रस्थानमा छन्, भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांँग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहाले ५ हजार १ सय मतका साथ दोस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार विपिन कंडेलले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

यस्तै यहाँको प्रदेश सभा १ मा एमालेका राजु प्रसाद श्रेष्ठले १० हजार ७ सय १३ मत ल्याएर अग्रस्थानमा छन् भने नेपाली नेपाली काँग्रेसका श्यामकान्त खनालले ५ हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update