Shittalpati
गुल्मीमा विप्लव कार्यकर्ता पक्राउ

गुल्मी । नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दलित मुक्तिमोर्चाका गुल्मीका संयोजकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । मदाने गाउँपालिकामा संगठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्रहरीले पछिल्लो समयमा गाउँ–गाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ । -रासस

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update