Shittalpati
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन

पाल्पा, माघ ४/नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले सिंगो लुम्बिनी प्रदेशलाई काँग्रेसमय बनाउने बताएका छन् । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले काँग्रेसको संगठनलाई थप सशक्त बनाई लुम्बिनीमा काँग्रेसमय बनाउने बताएका हुन् ।

उनले १२ वटै जिल्लाको काँग्रेसलाई चलायमान बनाउदै वडा तहदेखि प्रदेशतह सम्म काँग्रेसमय बनाउने दिशामा नेपाली काँग्रेस प्रदेश लागेको बताए । नजिकिदै गरेका तीनै तहको निर्वाचन जित्नका लागि पनि काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउदै सभापति पुनले सबै एकढिक्क भएर लाग्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने‘अहिले काँग्रेसलाई निर्वाचन जित्न स्वणर्िम अवसर र चुनौती दुवै छ त्यसका लागि सबै एक हुनुपर्छ ।’ जिल्ला र केन्द्रको भूमिका प्रदेशले खेल्नु पर्ने भएकाले पनि पार्टीलाई बलियो बनाउन प्रदेश समिति लागिपरेको सभापति पुनले बताए । उनले पाल्पाले भारी मत दिएर आफुलाई सभापतिमा निर्वाचित गरेको बताउदै साथीहरुको चाहानालाई पुरा गर्ने र कसैको पनि शिर झुक्न नदिने प्रतिवद्धता व्यक्त गरे । फरक प्रसंगमा सभापति पुनले लुम्बिनीको ब्राण्डलाई विश्वसामु चिनाउने काममा नेपाली काँग्रेस प्रदेश समितिले एजेण्डका रुपमा सधै अगाडि बढाउने बताए । उनले लुम्बिनीलाई समृद्ध बनाउने दिशामा आफुहरुको ध्यान जानेमा समेत जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले पाल्पाको शिक्षा र पर्यटनको विकास, विस्तारमा ध्यान दिन प्रदेश सभापति पुनलाई आग्रह गरे । उनले जिल्लाको पार्टीलाई थप सशक्त र बलियो बनाउन तीन कुरामा आफुले ध्यान दिएको बताए । उनले भने ‘पार्टीलाई बलियो बनाउन पार्टीको व्यवसापकीय नीति, पार्टीलाई संस्थागत गर्ने र कार्यकर्ताहरुलाई रोजगारसँग जोड्नेछौं ।’ सभापति श्रेष्ठले व्यक्तिको मान्छे बनाउने भन्दा पनि संस्थाको मान्छे बनाउने दिशामा आफु लाग्ने बताए । कार्यक्रममा काँग्रेस पाल्पाका वरिष्ठ नेता माधव नेपालले कांग्रेस पार्टीलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताए । कार्यक्रम सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, उपसभापति झपेन्द्र गहिरेलेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update