Shittalpati
रामकुमारी झाँक्री पक्राउ


काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवासमा पुगेको थियो । उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थापाले बताए । प्रहरीले नियन्त्रणमा लिनु अगाडि उनले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा अभिव्यक्त गरेको आधारमा पक्राउ पूर्जी गरेको जानकारी दिइन् ।

‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेपछि गर्दै नेतृ झाँक्रीले प्रहरीले घर घेराउ गरिरहेको बताएकी थिइन् ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update