भारतलाई हराउँदै नेपाल फाइनलमा
राजनीति
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने

पाल्पा । पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सोमबार तानसेनमा बसेको नेकपाको बैठकले सरकारी निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट स्वीकृत भई संघीय संसद प्रतिनिधि सभा संसद् विघटन गर्ने निर्णय प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको ठहर गर्दै उक्त गैरसंवैधानिक निर्णयको विरूद्ध शसक्त संघर्ष गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव राजेन्द्र विकले बताए ।
सर्वोच्च अदालत र निर्वाचन आयोगबाट संविधान ऐन, नियम र कानून बमोजिम न्याय संगत फैसला हुने विश्वास व्यक्त गर्दै निरंकुश प्रतिगामी र असंवैधानिक कदमका विरूद्ध सबै राजनीतिक दल, पेशागत संघ, संगठन नागरिक समाज, मिडिया सबैलाई आन्दोलनमा साथ दिन नेकपा पाल्पाले सबैलाई अपिल गरेको छ । बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार भोली तानसेनमा हुने वृहत जनप्रर्दशनमा सहभागी हुन सम्पूर्ण पाल्पालीहरुलाई अनुरोध समेत गरेको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!