Shittalpati
काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ

पाल्पा । नेपाली कांग्रेसबाट नवनिर्वाचित मोहनप्रसाद पाण्डेले संघीय सांसदको पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटामार्फत पाण्डेले सपथ लिएका हुन् ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गरेका छन् । सपथपछि पत्रकारहरुसँगै कुरा गर्दै सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र संघीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया बताएका छन् ।

को हुन् सांसद पाण्डे ?

कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए । २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update