Shittalpati
गुल्मी काँग्रेसको बैठक : तत्काल सबै तहका सम्मेलन गर्ने निर्णय

गुल्मी, नेपाली काँग्रेस गुल्मीले जिल्लाका सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलनहरु तत्काल गर्ने निर्णय गरेको छ । काँग्रेसको मंगलबार बसेको आठौं बैठकले पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र क्षेत्रको नियमित सम्मेलनका साथै राजधानी सहित विभिन्न शहरमा भएका सम्पर्क समितिको अधिवेशनलाई २०७९ फागुन मसान्त भित्र सक्ने गरी सबै तहमा प्रतिनिधी खटाउने निर्णय गरेको छ ।

जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको जिल्ला समितिको बैंठकमा प्रदेशसभा र संघीयसभाका हालै सम्पन्न निर्वाचनका विषयमा खुलेर बहस र समीक्षा गरिएको थियो । प्रदेश र संघको सम्पन्न निर्वाचनको बुुंदागत समीक्षा, गठबन्धनको प्रभावकारिताका साथै मुलुकको वर्तमान राजनैतिक अवस्था, पार्टीका तर्फबाट केन्द्र र प्रदेश सरकारका काम जनताको पक्षमा भए नभएको शुक्ष्म अध्ययन गर्ने कार्यलाई अगाडि बढाउँदै संगठनका हरेक गतिविधीलाई जनउपयोगी बनाएर अगाडि बढ्ने जस्ता महत्वपूूर्ण निर्णय समेत गरिएको पार्टी सचिव जगदीश भट्टराईले बताए ।

सभापति खिलध्वज पन्थीले बैंठकमा आएका विभिन्न विचार र सुझाव सल्लाहका साथै प्रदेशसभा र संघीय सभाको निर्वाचनमा सक्रिय सहभागी भई गठबन्धनलाई सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिर्दै पार्टीमा देखिएका केही कमीकमजोरीलाई औल्याएर भविष्यका लागि दीशा निर्देश गर्ने खालका कार्यमा सक्रिय भएर संगठन विस्तारमा लाग्न सबैलाई आग्रह गरे । पार्टी सचिव भगत सिंह खड्काले हाल सम्मका संगठनात्मक अवस्थाको विषयमा जानकारी गराउदै अगामी दिनमा संगठन र सचिवालयलाई अझै बढी प्रभावकारी बनाएर लैजो प्रतिवद्धता व्यक्त गरे ।

बैकठमा लुम्बिनी प्रदेश सदस्य तथा महिला नेतृ विष्णु सापकोटाले पार्टी संगठनलाई सुदृढ बनाएर लैजानका लागि प्रदेश र जिल्ला हुँदै पार्टीको तल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरुको मनोबल उच्च बनाएर अगाडि बढाउँनु आजको आवश्यकता रहेको औल्याईन् । बैंठकको कार्यसूची अनुसार पार्टींका कोषाध्यक्ष अखिलेश्वर पाण्डेले पार्टीको आर्थिक अवस्थाका विषयमा जानकारी गराएका दिए । उपसभापतिहरु अनन्त पौडेल,शिवबहादुर केसी, सहसचिव छवि पाण्डे, धर्म पाण्डे, क्षेत्रीय सभापतिहरु पारिश्वर ढकाल, चन्द्रबहादुर महत, जिल्ला कार्यसमितिका सदस्यहरु हरिकुमार श्रेष्ठ, धातानन्द भण्डारी, थम्मन सिंह आले, गोपाल पाण्डे, बेदबहादुर थापा, सुनिता जिसी लगायतले जिल्लामा संगठन विस्तार र सुुदृढीकरण गरेर अगाडि बढ्ने निर्णय भएको काँग्रेस सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update