सुष्मालाई बक्सिङमा रजत पदक
राजनीति
सामाजिक सञ्जालमा लगाएको आरोपको नगर प्रमुखले गरे खण्डन

पाल्पा, सामाजिक सञ्जालमा नगर प्रमुख माथि लगाइएको आरोपको खण्डन गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सोमबार एक विज्ञप्ति जारी गरी नगर प्रमुखलाई जोडेर गरिएको कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रस्ट पारेका हुन् ।
आईतबार गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट रामपुर नगरपालिकाका नगर प्रमुखको उम्मेदवार बनेका शिव अर्यालले सामाजिक सञ्जाल फेसबुकमा पाल्पाका दुई नगरपालिका मध्ये एक नगरपालिकाका मेयरले मालपोत कार्यालयमा जागिर लगाईदिन्छु भन्दै आफै तलब बुझि लिएको र कामदारलाई रकम नदिएको भन्ने अभिव्यक्ति सहितको आरोप सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । नगर प्रमुख थापाले विज्ञप्तिमार्फत उक्त आरोप आधारहिन भएको बताएका छन् । उनले जनतामा भ्रम फैलाउने उद्देश्यले आएको उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् ।
नगर प्रमुख थापाले उक्त अभिव्यक्तिले इंगित गर्न खोजिएको विषयवस्तुसँग आफु संलग्न नरहेको स्पष्ट पारे । ‘नेकपा एमालेका तर्फबाट रामपुर नगरपालिकाको प्रमुखका उम्मेदवार समेत रहेका पेशाले न्याय जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत शिव अर्यालले आफ्नो फेसबुक वालमा आधारहिन, मिथ्या आरोप सहित पाल्पाका २ नगरपालिका मध्ये एकका मेयर भनि मान हानी र चरित्र हत्या गर्ने र जनतामा अनावश्यक भ्रम सिर्जना गर्ने गरी सार्वजनिक गरिएको अभिव्यक्ति प्रति घोर आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ । अभिव्यक्तिले आम जनतामा अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको भन्दै कसैलाई पनि भ्रममा नपर्न समेत विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । कुनै व्यक्तिले अभिव्यक्ति सार्वजनिक गर्दा आधार र सप्रमाण सहित अभिव्यक्ति सार्वजनिक गर्न पनि नगर प्रमुख थापाले आग्रह गरेका छन् ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!