नवजनचेतना राष्ट्रिय दैनिक २०८२ जेठ १४ गते बुधबार
बुधबार, जेठ १४, २०८२
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन
मंगलबार, जेठ १३, २०८२
लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युुनियनले देशैभर विभिन्न कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको युनियनले मंगलबारदेखि स्थापना दिवस मनाउन थालेको हो ।
पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य
मंगलबार, जेठ १३, २०८२
पाल्पा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दैै आवश्यक सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
घरघरमा पानीका धारा पुर्याउँदै स्थानीय सरकार
मंगलबार, जेठ १३, २०८२
दङ्गीशरण गाउँपालिका(६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।
फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन
मंगलबार, जेठ १३, २०८२
देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरू भएको हो ।
पाल्पाका मगर बस्तीमा परम्परागत घाटु नाँच संरक्षण गरिँदै
मंगलबार, जेठ १३, २०८२
घाटु नाच लोप हुँदै गएपछि यहाँका मगर समुदाय घाटु नाच संरक्षणमा जुटेका छन् । पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले बताइन् । घाटु सदियौँ पुरानो संस्कृति भए पनि पछिल्लो पुस्तामा चासो नहुँदा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न...
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी
मंगलबार, जेठ १३, २०८२
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको विशेष सर्जरी कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन थालेको छ । अस्पतालले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेष सर्जरी कार्यक्रम प्रभावकारी बनाउन लागेको हो ।
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा
मंगलबार, जेठ १३, २०८२
जिल्लाको इस्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
बजेट कार्यान्वयनको स्पष्ट योजना बनाऊ
मंगलबार, जेठ १३, २०८२
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि संघ, प्रदेश र स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको तयारीमा जुटेका छन् । उनीहरु विभिन्न सरोकारवाला व्यक्तिहरुसँग बजेट बनाउने कुरामा छलफल गरिरहेका छन् । संविधानले व्यवस्था गरे अनुसार प्रत्येक वर्ष जेठ १५ गते भित्र बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।
अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा
सोमबार, जेठ १२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी !
सोमबार, जेठ १२, २०८२
देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका वेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका– ५ खज्य्राङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरु गरेका हुन् ।
रामपुरका महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण
सोमबार, जेठ १२, २०८२
जिल्लाको रामपुरमा महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । यहाँको रामपुर नगरपालिका र नगर खेलकूद विकास समितिले महिला, पुरुषका लागि भलिबल र फुटबल खेल सम्बन्धित प्रशिक्षण सञ्चालन गरेको हो ।


