Shittalpati
सुनको तोलाकै २ लाख नाघ्यो
सुनको तोलाकै २ लाख नाघ्यो सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा  एक हजार दुई सयले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी  पाँचले बढेको छ ।
इँटा उद्योगले बनायो स्वरोजगार
इँटा उद्योगले बनायो स्वरोजगार यहाँको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सकियो तिज
सकियो तिज तिजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको पाइन्छ ।
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । आज पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विकासमा जनसहभागिताको खाँचो
विकासमा जनसहभागिताको खाँचो श्रमदान र जनसहभागितालाई लत्याउदै ,धरानका मेयर हर्ख सापा·को कार्यलाई गिज्याउदै वैदेशिक ऋण र अनुदानका भरमा देश निमार्णको भाषण र सपना बाँडेको दुई दशक पुरा भएको छ ।
हैजा फैलन नदेऊ
हैजा फैलन नदेऊ नेपालमा समय–समयमा हैजाको प्रकोप आइरहेको देखिन्छ ।  केही दिन यता वीरगञ्जमा हैजा माहमारी फैलिएको छ । सोमबारसम्म ३४४ जनाभन्दा बढी बिरामी अस्पताल पुगिसकेका र तीमध्ये ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् ।
सामुदायिक वनः ग्रामीण विकासका आधार
सामुदायिक वनः ग्रामीण विकासका आधार जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
Weather Update