आज विश्व धुम्रपान रहित दिवस
शनिबार, जेठ १७, २०८२
सुर्तीजन्य पदार्थः सस्तो नशा, महँगो मृत्यु
शनिबार, जेठ १७, २०८२
हरेक वर्ष मे ३१ तारिख, आज २०८२ साल जेठ १७ गतेका दिन मनाइने विश्व सुर्तिजन्य दिवसले सुर्तिजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य, सामाजिक र आर्थिक क्षतिको बारेमा चेतना फैलाउने काममा सहयोग पुग्ने विश्वास गरिएको छ । हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको...
न्यु युथ युनियन कप : दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लबको जित
शुक्रबार, जेठ १६, २०८२
न्यु युथ युनियन क्लबको आयोजनामा तानसेनमा संचालन भैरहेको फुटबल खेल अन्तर्गत बुधबारभएको दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लब तानसेनले मनोभाग फुटबल क्लब रुपन्देहीलाई ५–१गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको छ ।
बजेट कार्यान्वयनलाई साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी : अर्थमन्त्री पौडेल
शुक्रबार, जेठ १६, २०८२
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।
वरिष्ठ पत्रकार चालिसेको निधन
शुक्रबार, जेठ १६, २०८२
वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ ।
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
शुक्रबार, जेठ १६, २०८२
आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।
सुनको भाउ तोलामा ७ सय बढ्यो
शुक्रबार, जेठ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ...
कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु
शुक्रबार, जेठ १६, २०८२
रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।
गर्मीको मौसम र स्वास्थ्यः जनचेतनाको खाँचो
शुक्रबार, जेठ १६, २०८२
गर्मी मौसम दिनप्रतिदिन तीव्र हुँदै गएको छ । वर्तमान अवस्थामा मानव स्वास्थ्यमा यसको गहिरो असर देखिन थालेको छ । वातावरणीय असन्तुलन, अत्यधिक तापमान र बदलिँदो मौसमी प्रवृत्तिले नागरिकको दैनिक जीवनशैलीमात्र होइन, शारीरिक र मानसिक स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ। विशेष गरी वृद्धवर्ग, बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरूका लागि गर्मीका...
बजेटमार्फत् के-के भयो करमा हेरफेर ?
बिहीबार, जेठ १५, २०८२
सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए ।
खेलकुदमा बजेट बढ्यो
बिहीबार, जेठ १५, २०८२
सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने उल्लेख गरेका हुन् ।


