Shittalpati
सुनचाँदीको मूल्यमा उतारचढाव

पाल्पा, गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।  आइतबार सुन तोलामा  एक हजारले घटेको छ भने  चाँदीको मूल्य भने  २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत आइतबार सुनको भाउ तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ प्रतितोला चाँदी महँगिएको हो । अघिल्लो दिन ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी  पाँच हजार २७५ मा  खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update