गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल
सोमबार, चैत २१, २०७८
बेथलमा एनसीसी सिनियर डिभिजनको विशेष तालिम सकियो
सोमबार, चैत २१, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको विशेष तालिम सकिएको छ । ३५ दिनसम्म सञ्चालन भएको एनसीसी १६ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
रैनादेबी छहरामा ५५ बढी नेपाली काँग्रेसमा प्रवेश
सोमबार, चैत २१, २०७८
स्थानीय चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो । रैनादेवी छहरा गाउँपालिकाका ५५ जना बढी नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको छन् ।
यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्यो’
सोमबार, चैत २१, २०७८
सरकारले आफुहरुलाई बेवास्ता गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले कोभिडका कारण यातायात क्षेत्र तहसनहस भइरहँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरे । तानसेनमा भएको श्रीनगर यातायात सेवा कम्पनी प्रालि पाल्पाको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्ने अधिकांश व्यवसायीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको बताएका हुन् ।
उद्योगी व्यवसायीका समस्या र सुझाव संकलन
सोमबार, चैत २१, २०७८
जिल्लामा रहेका उद्योगी व्यवसायीले भोगेका समस्या र सुझाव संकलन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालले यहाँका उद्योगी व्यवसायीहरुको समस्या र सुझाव संकलन गरेको हो । मन्त्रालयले नीति तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या समेट्ने उद्देश्यले समस्या र सुझाव संकलन गरेको छ । यहाँका उद्योगी व्यवसायीहरुले आफुले...
आर्थिक विकासमा सहकारी
सोमबार, चैत २१, २०७८
सहकार्यका माध्यमबाट एक–अर्कामा संगठित भई सदस्यको हित प्रवद्र्धधन गर्ने कार्यलाई सहकारी भनिन्छ । यो सदस्यको स्वावलम्बन र पारस्परिकताको जगमा अडेको हुन्छ । नेपालमा सहकारीको विकास २०१३ सालमा बखान ऋण सहकारी संस्था चितवनमा स्थापना भएपछि सुरु भएको हो । नेपालको संविधानले मार्गदर्शन गरेको ३ खम्बे नीतिको एक खम्बा सहकारीको प्रवद्र्धधन गर्दै...
पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ
आइतबार, चैत २०, २०७८
किर्ते नागरिकता बनाउने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले किर्ते नागरिकता बनाएको अभियोगमा बाग्लुङ गलकोट नगरपालिका–८ पचुँवा काँडेबासका २३ वर्षीय धनबहादुर कँडेललाई पक्राउ गरेको हो ।
गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन
आइतबार, चैत २०, २०७८
संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले गुल्मीदरबार गाउँपालिका वडा नं. ५ अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन र बढ्वा खोला लिफ्ट खानेपानीको उद्घाटन गरेका छन् । २०७७ पौष ६ गते निर्माण सुरु भएको स्वास्थ्य चौकी २०७८ फागुन १५ गते निर्माण कार्य सम्पन्न भएको अमरअर्वाथोक स्वास्थ्य चौकी र आ.व.२०७५/०७६...
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन
आइतबार, चैत २०, २०७८
तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परीक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ । नेपाली कांँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमकाबिच खानेपानीको उद्घाटन गरेका हुन । खानेपानीको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हँुदा खानेपानी जस्ता अत्यावश्यक आयोजनाहरुमा असर पुर्याएको बताए ।
रिब्दीकोटमा छोटा हात्ती गाडी दुर्घटना
आइतबार, चैत २०, २०७८
जिल्लाको रिब्दीकोट–४ सिलाङ्थोकमा छोटा हात्ती गाडी दुर्घटना भएको छ । आइतबार बिहान तानसेनबाट गुल्मीतर्फ जाँदै गरेको लु १ च ५८४८ नम्बरको तरकारी बोक्ने गाडी दुर्घटना भएको हो ।
सुरु भयो रमजान
आइतबार, चैत २०, २०७८
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गरी मनाईने यो पर्व आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म...
गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी
आइतबार, चैत २०, २०७८
गुल्मेली संगम पाल्पाको अध्यक्षमा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । तानसेनको श्रीनगर डाँडामा भएको संगमको प्रथम अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । गुल्मी शान्तिपुरका सुवेदी विगत १६ वर्षदेखि पाल्पामा रहेर अध्ययनसँगै विद्यार्थी राजनीति र व्यवसाय गर्दै आएका छन् । उनी एभरग्रीन एजुकेशस सेन्टर पाल्पाका प्रवन्धक समेत...


