Shittalpati
आर्थिक विकासमा सहकारी

सहकार्यका माध्यमबाट एक–अर्कामा संगठित भई सदस्यको हित प्रवद्र्धधन गर्ने कार्यलाई सहकारी भनिन्छ । यो सदस्यको स्वावलम्बन र पारस्परिकताको जगमा अडेको हुन्छ । नेपालमा सहकारीको विकास २०१३ सालमा बखान ऋण सहकारी संस्था चितवनमा स्थापना भएपछि सुरु भएको हो । नेपालको संविधानले मार्गदर्शन गरेको ३ खम्बे नीतिको एक खम्बा सहकारीको प्रवद्र्धधन गर्दै आर्थिक सामाजिक रूपान्तरण र गरिबी निवारण गर्नु आजको आवश्यकता हो । सहकारी एउटा अभियान हो । निम्न वर्गका लागि यो ‘आर्थिक प्रजातन्त्र’ हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने दर्शनको आधारमा सहकारीको अवधारणा आएको हो । अहिले अन्य आर्थिक क्षेत्रले जस्तै कोभिड—१९ का कारण विश्वभरका सहकारीले पनि विषम परिस्थितिको सामना गरिरहेका छन् । जसका कारण आर्थिक क्षेत्रमा केही संकट देखापरेको छ । जे भएपनि देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको छ । कृषि, उद्योग, पर्यटन, व्यापार, रोजगारी, जलविद्युत, यातायात, खानेपानीजस्ता क्षेत्रहरूमा हुने दिगो गुणात्मक र परिमाणात्मक रूपमा आउने सकारात्मक परिवर्तन नै आर्थिक विकास हो ।

देशको नागरिकको प्रतिव्यक्ति आयमा वृद्धि हुनु, राष्ट्रिय आयमा वृद्धि, मानव विकास सूचकांक उच्च हुनु तथा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आई देश समृद्धितर्फ लम्कँदै देश आत्मनिर्भर हुनु नै आर्थिक विकास हो । यसका लागि सहकारी एक महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीमध्ये एक खम्बाका रूपमा सहकारी क्षेत्रलाई लिएको छ । सहकारी क्षेत्रले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय भएका समूह एवं सीमान्तकृत समुदाय, सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्ने काम गरेको छ । उसले सहकारी सदस्यको आत्मनिर्भर, दिगो एवं समाजवादउन्मुख, राष्ट्रिय अर्थतन्त्रको विकास गर्न एक पहरेदारीको भूमिका निर्वाह गर्दै आएको छ । यसर्थ सहकारी आन्दोलनले देशको समग्र आर्थिक विकासमा सहयोग पु¥याउने कुरामा कुनै शंका छैन ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update