
पाल्पा, तानसेनमा फरक शैलीबाट कार्यक्रम भएको छ । एउटा व्यक्ति प्रमुख व्यक्ति बनाएर विभिन्न किसिमका उद्घाट्न कार्यक्रम गर्ने परम्परालाई तोडिएको छ । कार्यक्रममा उपस्थित सबै व्यक्तिहरुलाई प्रमुख अतिथी बनाएर पाल्पा साहित्य समाजले फरक शैलीको कार्यक्रम गरेको हो । साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण कार्यक्रममा उपस्थित सबै पाहुनाहरुले लोकार्पण गरेका हुन् । उपस्थित सबैले प्रमुख अतिथीको रुपमा कविता संग्रह लोकार्पण गर्न पाउँदा सहभागी सबै जना दंग परे ।
साहित्यकार सिंहद्धारा प्रकाशित कविता संग्रहमा विभिन्न विषयबस्तुहरु समेटिका ५१ वटा कविताहरु रहेका छन् । कविता संग्रहमा बर्तमान अवस्थामा राजनिति, शिक्षा, भेषभुषा, भाषा, धर्मकर्म, सामाजिक तडक भडक, नैतिक, धार्मिक मुल्यमान्य तथा अनुसासनका विषयमा हुने गरेको विकृतिविसंगती, जालझेल, छलछाम लगायतका विषय वस्तुमा आधारित रहेर बन्न नसकेका कविताहरु कविता संग्रह प्रकाशित भएको हो । प्रस्तुत कविता संग्रह परम्परा र यथास्थिती भन्दा फरक शैलिमा प्रकाशन गरिएको छ । प्रकाशनमा कुनै पनि शुभकामना, भुमिका तथा लेखकको भनाई केही पनि समावेश गरिएको छैन् । परम्परावादी शैलीबाट भन्दामाथी उठेर पनि कविता संग्रह प्रकाशन गर्न सकिन्छ भन्ने सन्देश दिने गरी कृति प्रकाशनको शुरुवात साहित्यकार कवि सिंहले गरेका छन् ।
पाल्पा साहित्य समाज तानसेन पाल्पाद्धारा प्रकाशित कृतिमा कुनै टिप्पणीकार राखिएन । कुनै प्रमुख अतिथी बनाईएन । कुनै विशिष्ट अतिथी भएनन । उपस्थित सबैले कविता संग्रहको एक साथ विमोचन हुँदा कार्यक्रम नै फरक शैलीबाट भयो । विमोचन कार्यक्रममा शुभकामना दिने वक्ताहरुले लेखकलाई वन्न नसकेका कविताहरुलाई कविता तथा व्यङ्गको रुपमा सार्वजनिक गर्न आग्रह गरे । साहित्यकार सिंह पाल्पाको भाषा,कला धर्म संस्कृती, ईतिहास पर्यटन विकास, संरक्षण जर्गेना तथा उजागर गर्न लामो समय देखी निरन्तर सक्रिय रहदै आएका छन् । साहित्यकार सिंहले सम्झनामा पोखरेली सर्जकहरु २०७६, पाल्पाको साहित्यिक इतिहास २०७९, पाल्पामा नेपाली भाषा साहित्यको इतिहास २०८१ तथा विभिन्न पत्रपत्रिकामा साहित्य सम्वन्धी लेख रचनाहरु प्रकाशित गरिसकेका छन् । साहित्यकार सिंहलाई हकि खरो र यथार्थवादी व्यक्तिको रुपमा लिने गर्दछन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्मा, पाल्पाली संगम मञ्चका पुर्व अध्यक्ष पदम न्यौपाने, ईतिहासका सस्कृतिविद् निर्मल श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, पुर्व अध्यक्ष गोविन्द भट्टराई, भगवती गुठी व्यबस्थापन समितिका अध्यक्ष अशोकमान महर्जन, संस्कृति सम्पदा प्रतिष्ठानकी अध्यक्ष स्वस्तिका श्रेष्ठ, प्रगतिशिल लेखक संघ पाल्पाका अध्यक्ष धातानन्द गैरे, त्रिभुवन बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख टंक भट्टराई, साहित्यकार शैलाजा श्रेष्ठ, लगायतले पाल्पाको साहित्यकला संस्कृति सम्पदालाई जोगाउन, माथि उठाउन, वहसमा ल्याउन, साहित्यप्रेमीहरुलाई उर्जा भर्न महत्वपुर्ण भुमिका खेलेको बताए । आगामी दिनमा अझ बढी कृतिहरु प्रकाशित गर्न र पाल्पाको साहित्यलाई माथी उठाने गरी भुमिका खेल्न बक्ताहरुले कवि सिंहलाई सुझाव दिएका थिए । कार्यक्रममा बाल गायक अस्तित्व रेग्मीले कविता संग्रहमा आधारित रहेर गितबाट स्वागत गरेका थिए । भगवती मन्दिर अगााडि कविता संग्रहको सामुहिक लोकापर्ण गरी बन्द कोठामा शुभकामना आदान प्रदान गरिएको थियो । पाल्पा साहित्य समाजले हाल सम्म विभिन्न कवि कवियत्री तथा साहित्यकार, गजलकारहरुका २४ वटा कृतिहरु प्रकाशित गरिसकेको छ । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, संस्थाका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत र सचिव सविता भट्टराईको सञ्चालनमा कविता संग्रह लोकापर्ण भएको थियो ।