Shittalpati
एनसेलले ल्यायो अनलिमिटेड डेटा
एनसेलले ल्यायो अनलिमिटेड डेटा एनसेलले अनलिमिटेड डेटा ल्याएको छ । एनसेलले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी आकर्षक सहितको अनलिमिटेड डेटा ल्याएको हो । एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
कृषिको बजेट कर्मकाण्ड मात्र
कृषिको बजेट कर्मकाण्ड मात्र नेपाल कृषि प्रधान देश हो । तर अधिकांश कृषिजन्यवस्तु बाहिरबाट आयत गर्नु परेको छ । सरकारले हरेक वर्ष कृषिमा राम्रै बजेट विनियोजन गर्छ । यो आफैमा राम्रो हो । तर विडम्बना भन्नुपर्छ बजेट कार्यान्वयन नहुँदा वर्षेनी ठूलो परिणाममा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु परेको छ । खाद्यान्नमध्ये पनि चामलको आयात...
पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित
पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित जिल्लाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँका तानसेन नगरपालिका, रैनादेवी हछरा गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् । तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच
पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले नापतौल यन्त्रहरु नापजाँच गरेको हो । टोलीले सोमबारदेखि वाणिज्य संघको सभाहलमा व्यवसायीहरुको नापतौल यन्त्र नापजाँच गरेको छ । आज भने टोलीले आर्यभञ्ज्याङ्गमा नापजाँच...
माथागढीमा व्यवस्थित वस्तीका लागि गुरुयोजना बनाउन छलफल
माथागढीमा व्यवस्थित वस्तीका लागि गुरुयोजना बनाउन छलफल जिल्लाको माथागढी गाउँपालिकाले व्यवस्थित बस्ती निर्माणका लागि गुरुयोजना बनाउन वस्तीस्तरमा छलफल अगाडि बढाएको छ । उसले पालिका भित्र रहेका शहरी वस्तीहरुलाई व्यवस्थित बनाउन गुयोजनाका लागि छलफल चलाएको हो । मानव वस्तीको विकास बढ्दै गएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा वस्तीस्तरबाटै छलफल गरी गुरुयोजना बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर...
लुम्बिनीमा नीति तथा कार्यक्रम ल्याउने तयारी
लुम्बिनीमा नीति तथा कार्यक्रम ल्याउने तयारी लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश सरकार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको हो । अहिले प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइरहेको छ ।
सुरक्षित हवाई उडानमा ध्यान देऊ
सुरक्षित हवाई उडानमा ध्यान देऊ नेपालमा विमान दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । आइतबार पनि मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भयो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका –४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।
Weather Update