Shittalpati
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

पाल्पा, रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका –४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

सोही गाउँपालिका वडा नम्बर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update