Shittalpati
एनसेलले ल्यायो अनलिमिटेड डेटा

पाल्पा, एनसेलले अनलिमिटेड डेटा ल्याएको छ । एनसेलले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी आकर्षक सहितको अनलिमिटेड डेटा ल्याएको हो ।
एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ । यी प्याकहरु बिहिबारबाट सञ्चालन हुने र ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेको कम्पनीले जनाएको छ ।

आवश्यकता अनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्ने र एष्ट्रिक्स १७१२३ Þयास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्ने पनि एनसेलले जनाएको छ । डेटाका साथै एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् । एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले करसहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १ सय मिनेट टक टाइम र १ सय एसएमएस वा २९ रुपैयाँमा २ सय ९० मिनेट टक टाइम र २ सय ९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८Þयास डायलगरी सहजै लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update