Shittalpati
लुम्बिनीमा नीति तथा कार्यक्रम ल्याउने तयारी

रुपन्देही, लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश सरकार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको हो । अहिले प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइरहेको छ ।

सरकारले गरेको तयारीका बारेका समूहगत तथा मन्त्रालयगत छलफल भइरहेको हो । संघीय सरकारले बजेट ल्याइसकेपछि स्थानीय र प्रदेश सरकार बजेट ल्याउन आवश्यक तयारीमा जुटेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखेर ल्याउन लागेको प्रदेश स्रोतले जनाएको छ । प्रदेश सरकारले अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको थियो । सरकारमा सहभागी दलको प्रस्तावअनुसार नीति तथा कार्यक्रम समेटिने र त्यसपछि बजेटमा सरकारका सबै मन्त्रालयहरु केन्द्रित रहने प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update