Shittalpati
प्रदेश र संघीय निर्वाचन मंसिरभित्रै गर्ने तयारी

पाल्पा, प्रदेश र संघीय निर्वाचन आगामी मंसिर भित्रै गर्ने तयारी सरकार र आयोगले गरेका छन् । निर्वाचन मंसिरभित्र हुने कि नहुने भन्ने अन्यौल भइरहेका बेला निर्वाचन आयोग र सरकारले तयारी थालेका हुन् ।


आयोगले मंसिर १० गतेभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैका आधारमा आयोगले तयारी समेत सुरु गरेको छ । आयोगले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै केही छिटपुट कमजोरी भएको पनि ठहर गरेको छ । स्थानीय तह निर्वाचनमा केही कमजोरी भए पनि आयोगले प्रदेश तथा संघीय निर्वाचन एकै चरणमा गर्न जोड गरेको छ । प्रधानमन्त्री देउवाले पनि मंसिर भित्रै चुनाव गर्ने बताउँदै आएका छन् । निर्वाचन आयोग मंसिरलाई डेटलाइन मानेर अगाडि बढेका बेला पाँच दलीय सत्ता गठबन्धन पनि कात्तिक वा मंसिरभित्रै चुनाव गराउने पक्षमा देखिएको छ । निर्वाचनको मिति आयोगले सिफारिस गरे पनि निर्णय भने मन्त्रिपरिषद्ले गर्छ । स्थानीय तहको निर्वाचन मिति आयोगकै सिफारिसमा सरकारले वैशाख ३० गते तोकेको थियो । सत्ता गठबन्धनमा पनि कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्रै छिटो निर्वाचन गराउने गरी बहस अघि बढेकाले मंसिरभित्रै चुनाव हुने पक्कापक्की देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update