Shittalpati
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ जनाएको छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुँदैछन् ।
पाल्पामा नापतौल यन्त्रहरू जाँचिने
पाल्पामा नापतौल यन्त्रहरू जाँचिने जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय, बुटवलले जेठ १७ गतेदेखि २१ गतेसम्म नापतौल यन्त्रहरु नापजाँच गर्ने भएको हो ।
मंकिपक्सबाट बेलैमा सतर्क बनौं
मंकिपक्सबाट बेलैमा सतर्क बनौं लामो समयको कोरोना महामारीको त्रासबाट मुक्त हुन लागेको विश्व जगत अहिले फेरी मंकिपक्स संक्रमणको त्रास बोहोर्न बाध्य भएको छ । अफ्रिकासँगै युरोप र अमेरिका जस्ता देशहरुमा मंकिपक्स गराउने नयाँ संक्रमणले पिरोल्न थालेको छ । यसको संक्रमण जोखिममा नेपाल पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत पाल्पाका क्रियाशिल पत्रकार तथा रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनबाट पुरस्कृत भएका छन् । रायमाझी सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका हुन् ।
अब ६८ वर्षमै वृद्धभत्ता
अब ६८ वर्षमै वृद्धभत्ता अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत वृृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध...
कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता
कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ ।
बालेनको जितमा पाण्डेले बाँड्ने भए वृद्धवृद्धालाई लौरो
बालेनको जितमा पाण्डेले बाँड्ने भए वृद्धवृद्धालाई लौरो पेसाले र्‍यापर र स्ट्रक्चरल इन्जिनियर बालेनको एकाएक संघीय राजधानी काठमाडौंको मेयरमा उदय भएको विषय अहिले चियापसलदेखि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । दशकौंदेखिका स्थापित दलहरूलाई विस्तापित गरेर उदाएका उनी अहिले धेरैको चासो र चर्चाको केन्द्रमा छन् ।
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला एक महिना अघिदेखि हराएकी एक युवती कालीगण्डकी नदीमा मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–१ अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा शनिबार घर नजिकैको कालीगण्डकी नदीमा मृत फेला परेकी हुन् । वैशाख ११ गते घरमा कोही कसैलाई नसोधी हिडेकी उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए ।
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।
पुराना ‘किल्ला’ भत्किए, जितेका क्षेत्र खुम्चिए
पुराना ‘किल्ला’ भत्किए, जितेका क्षेत्र खुम्चिए यस पटकको स्थानीय तह निर्वाचनमा ठूला राजनीतिकक दलहरू आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरूमै पराजित भएका छन् । पाल्पाका दश स्थानीय तह मध्ये एमालेले ६ पालिकामा विजयी हासिल गर्दै पहिलो दल बनेको छ । उसले केही पालिकामा विरासत गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको...
Weather Update