Shittalpati
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत

पाल्पा, पाल्पाका क्रियाशिल पत्रकार तथा रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनबाट पुरस्कृत भएका छन् । रायमाझी सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका हुन् ।

रायमाझीसहित अन्य चार जनालाई पनि पुरस्कृत गरिएको छ । सीआईएनको १३ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रायमाझी सहित चार जनालाई पुरस्कार सहित सम्मान गरेका हुन् । रायमाझीले पाल्पाबाट विगत ३ वर्षदेखी सीआईएनमा आवद्ध भएर काम गर्दै आएका छन् ।

सोही अवसरमा सीआईएनले वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक धुर्व्र घिमिरे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन, शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा समेतलाई सम्मान गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update