Shittalpati
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन

पाल्पा, कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ जनाएको छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुँदैछन् । देशभरका एक हजार २ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस पटक परीक्षा बोर्डले ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने व्यवस्था गरेको छ ।

परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो । तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित रुपमा सम्पन्न गर्न बोर्डले सम्बन्धित सरोकारवाला निकाय तथा आमनागरिकमा आÞवान समेत गरेको छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यसअघि बोर्डले वैशाख ९ देखि २० सम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । एसइईको उत्तरपुस्तिका परीक्षण लगायत नतिजा प्रकाशनको तयारीको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update