Shittalpati
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

गण्डकी, गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । –रासस

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update