Shittalpati
अब ६८ वर्षमै वृद्धभत्ता

पाल्पा, अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत वृृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका थिए । यसअघि सरकारले ६५ वर्षमै वृद्धभत्ता दिनेबारे छलफल चलाएको थियो । तर, बजेटमा ६८ वर्ष पुगेकालाई मात्रै दिने गरी व्यवस्था भएको छ । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । सरकारले शहिद परिवार, घाइते र एकल महिलाको लागि दिदै आएको भत्तालाई निरन्तर दिएको छ ।

२०७४ सालमा पनि नेपाली काँग्रेस नेतृत्वको चुनावी सरकारले ७० वर्ष पुगेपछि पाइने वृद्ध भत्ता ६५ वर्षकै उमेरदेखि दिन थाल्ने निर्णय गरेको थियो । तर, पाँच वर्षमा वृद्धभत्ता ५ हजार पु¥याउने चुनावी प्रतिवद्धता गरेर सत्तामा फर्किएको तत्कालीन नेकपाले २ हजार रहेको वृद्धभत्ता ४ हजार रुपैयाँसम्म पु¥याएको थियो । राज्य कोषमाथि चरम भार थोपर्ने गरी हचुवाका भरमा सामाजिक सुरक्षा भत्ता वितरण थाल्न र थप गर्ने निर्णय गर्न प्रमुख दलहरूबीच होडबाजी चल्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update