लुम्बिनीमा विनियोजन विधेयक पारित
मंगलबार, असार १९, २०८०
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
मंगलबार, असार १९, २०८०
पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कहाँ कति ?
मंगलबार, असार १९, २०८०
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी ठाउँ पिच्छे मूल्य घटाइएको हो । निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । तराई क्षेत्रमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ ।...
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, असार १९, २०८०
लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु
मंगलबार, असार १९, २०८०
अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध
मंगलबार, असार १९, २०८०
सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपलिका–८ गौडेपुलनजिक मंगलबार विहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो ।
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती
मंगलबार, असार १९, २०८०
गुल्मी इस्माका प्रदीप खत्रीलाई सोमबार ३ बजेभित्र काठमाडौं नपुगी नहुने थियो । वैदेशिक रोजगारका लागि जापन हिँडेका उनको सोमबार साझा ४ बजे उडान छ । उनी १७ घण्टा मुग्लिनको जाममा परे । त्यहाँ रोकिएका खत्रीले शितलपाटी डटकमसँग निकै आत्तिँदै भने, ‘आज साँझा फ्लाइट छ । क्यान्सिल हुने होकि ? निकै...
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
मंगलबार, असार १९, २०८०
पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् ।
ललिता निवास प्रकरण नसेलाओस्
मंगलबार, असार १९, २०८०
डेढ वर्षपछि फेरि बालुवाटारस्थित ललिता निवास प्रकरणले चर्चा पाएको छ । प्रधानमन्त्रीको सरकारी निवाससँग जोडिएको ललिता निवास जग्गा प्रकरणमा रोकाइएको अनुसन्धानको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले केही आरोपितलाई पक्राउ गरेको छ ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ
सोमबार, असार १८, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल
सोमबार, असार १८, २०८०
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथि छलफल भएको छ । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख तुलाराम (बसन्त) घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए ।
सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सोमबार, असार १८, २०८०
रुपन्देहीको कालिदह नाका हुँदैै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो ।


