आज खेलकुद पत्रकार दिवस मनाइँदै
आइतबार, असार १७, २०८०
खोज पत्रकारिता अहिलेको आवश्यकता : श्रेष्ठ
आइतबार, असार १७, २०८०
विश्व प्रेस काउन्सीलका महासचिव तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष किशोर श्रेष्ठले खोज पत्रकारिता अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिबार तानसेनमा भएको खोज पत्रकारिता प्रशिक्षणमा बोल्दै उनले अहिलेको सन्दर्भमा खोजी पत्रकारिता आवश्यक रहेको बताएका हुन् ।
नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै
आइतबार, असार १७, २०८०
नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन वीक’ कार्यक्रम मनाउने भएको छ । नबिल बैंकले नबिल दिगो बैंकिङको वार्षिकउत्सवमा ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो । २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो ।
सरकारलाई ‘धमिरा’ सिध्याउने अवसर र चुनौती
आइतबार, असार १७, २०८०
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ र प्रशंसनीयय कार्य गरेका छन् । राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो । उनले पहिलो काम सुराकीे बापतको रकम नै बन्द गराए । २०४७ साल पछिको सरकारले गर्न नसकेको काम उनले गरेर देखाए । त्यसपछि मानव तस्करको जालो समेत...
खेलकुद पत्रकार दिवसको सन्दर्भ
आइतबार, असार १७, २०८०
आज विश्व खेलकुद पत्रकार दिवस हो । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो ।
प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई
शनिबार, असार १६, २०८०
सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छिन् ।
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध
शनिबार, असार १६, २०८०
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पाका अधिकांस सडकहरु अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
गुरु पुर्णिमाको उपलक्षमा थौं सुथं न्हिलँ दना
शनिबार, असार १६, २०८०
थौं सुथं न्हिलँदना बुध्दया शरण वनेधका
मार ल्यु ल्यु वयापन,लोभया जंजाल क्यःनाथका ....थौं
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै
शनिबार, असार १६, २०८०
पाल्पामा असार १५ राष्ट्रिय धान मनाइए पनि असारमा गाइने मौलिक भाका भने कमै सुनिए । पहिले पहिले खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाँचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी...
आज अन्तर्राष्ट्रिय सहकारी दिवस
शनिबार, असार १६, २०८०
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘दिगो विकासका लागि सहकारी ।’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन थालिएको हो ।
आलमदेवी मन्दिर महिलाका लागि खुला
शनिबार, असार १६, २०८०
शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।


