Shittalpati
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई
पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार ८६ वर्षीय कमल कोइरालालाई प्रदान गरिएको छ । तानसेनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेका हुन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको छाता संगठन पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशले नयाँ नेतृत्व चयन गरेको हो ।
बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने
बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा आज धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम...
भूमिहीनलाई लालपुर्जा वितरण
भूमिहीनलाई लालपुर्जा वितरण रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गरे ।
बोटेगाउँमा पुग्यो खानेपानी
बोटेगाउँमा पुग्यो खानेपानी जिल्लाको रामपुर नगरपालिका–३ स्थित बोटे गाउँमा खानेपानी पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको बोटे गाउँमा खानेपानीको धारा झरेसँगै सहज भएको छ । गण्डकीढीक बोटेगाउँ खानेपानी आयोजना मार्फत यहाँ खानेपानी पुगेको हो ।
आज पुष्पलाल जयन्ती 
आज पुष्पलाल जयन्ती  आज नेपाल कम्युनियट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्ती हो । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै जन्मजयन्ती मनाउँदै छन् ।
असार पन्ध्र : धान दिवस र दहि चिउरा खाने दिन
असार पन्ध्र : धान दिवस र दहि चिउरा खाने दिन मानो छरेर मुरी उब्जाउने महिना  अर्थात् असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइदैंछ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
पुष्पलालको योगदान र राष्ट्रिय पत्रकारिता पुरस्कार
पुष्पलालको योगदान र राष्ट्रिय पत्रकारिता पुरस्कार पुष्पलाल र वीपी साझा व्यक्तित्व हुन भन्दा अन्यथा नहोला । नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले वीपीलाई आफ्नो कित्ताको पेवा ठान्ने प्रवृत्ति भने हटिसेकेको छैन । आज अर्थात् असार १५, पुष्पलालको जन्म दिन पनि हो । नेपाली माटोमा कम्युनिष्ट आन्दोलन शिलान्यास गर्ने नायकको रुपमा पुष्पलाललाई लिने गरिन्छ ।
धान दिवस : किसानका समस्या सम्बोधन गर
धान दिवस : किसानका समस्या सम्बोधन गर देशभर धान रोपेर ‘राष्ट्रिय धान दिवस’ मनाइँदै छ । नेपालमा हरेक वर्षको १५ असारलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । सरकारको विसं २०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो ...
Weather Update