मन्दिरभित्रै यौनजन्य दुर्व्यवहार गर्ने भैरवस्थानका पुजारी निलम्बित
बिहीबार, असार १४, २०८०
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
बिहीबार, असार १४, २०८०
प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान
बिहीबार, असार १४, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेका छन् ।
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
बिहीबार, असार १४, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना
बिहीबार, असार १४, २०८०
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए ।
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’
बिहीबार, असार १४, २०८०
वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् ।
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने
बिहीबार, असार १४, २०८०
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो ।
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी
बिहीबार, असार १४, २०८०
आज घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइन्छ ।
बहुउपयोगी तुलसी
बिहीबार, असार १४, २०८०
तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । हरेक घरमा तुलसी रोप्ने गरिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ ।
तानसेनमा उपभोक्ताहरुको भेला : खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय
बुधबार, असार १३, २०८०
वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनका उपभोक्ताहरुको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । बुधबार पूर्णमाया महर्जनको अध्यक्षतामा तानसेन नगरपालिकामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरीकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
बुधबार, असार १३, २०८०
‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
बुधबार, असार १३, २०८०
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए ।


