आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
शुक्रबार, जेठ १६, २०८२

सुनको भाउ तोलामा ७ सय बढ्यो
शुक्रबार, जेठ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ...

कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु
शुक्रबार, जेठ १६, २०८२
रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।

गर्मीको मौसम र स्वास्थ्यः जनचेतनाको खाँचो
शुक्रबार, जेठ १६, २०८२
गर्मी मौसम दिनप्रतिदिन तीव्र हुँदै गएको छ । वर्तमान अवस्थामा मानव स्वास्थ्यमा यसको गहिरो असर देखिन थालेको छ । वातावरणीय असन्तुलन, अत्यधिक तापमान र बदलिँदो मौसमी प्रवृत्तिले नागरिकको दैनिक जीवनशैलीमात्र होइन, शारीरिक र मानसिक स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ। विशेष गरी वृद्धवर्ग, बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरूका लागि गर्मीका...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?
बिहीबार, जेठ १५, २०८२
सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए ।

खेलकुदमा बजेट बढ्यो
बिहीबार, जेठ १५, २०८२
सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने उल्लेख गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
बिहीबार, जेठ १५, २०८२
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका छन् ।

पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन
बिहीबार, जेठ १५, २०८२
पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो ।

गणतन्त्रका १७ वर्ष
बिहीबार, जेठ १५, २०८२
मुलुकमा गणतन्त्र स्थापनाको १७ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र घोषणा गरेको थियो । झण्डै साढे दुई शताब्दी पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यसँगै घोषणा गरिएको गणतन्त्र उमेरले वयस्क भए पनि अझै संस्थागत हुने क्रममै छ । प्रथम संविधान सभाबाट घोषणा भएको...

पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या
बिहीबार, जेठ १५, २०८२
पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेका हुन् ।

रिब्दीकोटमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा
बिहीबार, जेठ १५, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मा रहेको देउराली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण कार्कीले उक्त स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको घोषणा गरेका हुन् ।

राजनीतिक स्वार्थमा रुमलिएको गणतन्त्रका वर्षहरु
बिहीबार, जेठ १५, २०८२
विधिको साशनको भजन गाउँदै बेथितिलाई प्रोत्साहन गर्ने साशन व्यवस्थालाई आज भोली गणतन्त्र रहेछ भन्दै छलफलको विषय बनाएको सुनिन्छ । गणतन्त्र जनताको साशन व्यवस्था हो ।