रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्याउँदै
शनिबार, पुस २०, २०८१

सहकारीलाई उत्पादनसँग जोडौं : सांसद राना
शनिबार, पुस २०, २०८१
लुम्बिनी प्रदेशका सांसद एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीलाई उत्पादन र उद्यमशिलतासँग जोड्नुुपर्ने बताएका छन् । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको तेस्रो वार्षिक साधारण सभा एंव दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल
शनिबार, पुस २०, २०८१
प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अधिवेशन तानसेनमा भएको छ । एक भव्य समारोहकाबिच शाखाको छैठौं जिल्ला अधिवेशन भएको हो ।

लोकतन्त्रलाई बलियो बनाऊ
शनिबार, पुस २०, २०८१
पछिल्लो समय लोकतन्त्र कमजोर बनाउने खेलहरु भइरहेका छन् । यो अत्यन्त दुुखद् हो । नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आएको हो । शान्तिपूर्ण आन्दोलनबाट जनताले आफ्नो अधिकार प्राप्त गरे । लोकतन्त्रिक आन्दोलनको उपलब्धि संविधान सभा, संविधानसभाले बनाएको संविधान, गणतन्त्र, समावेशी प्रतिनिधित्व र राज्यको पुनसंरचना हो । तर...

पत्रकार महासंघको गरिमालाई कायम राख्नुुहोस् : शर्मा
शनिबार, पुस २०, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न आग्रह गरेका छन् ।

देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै
शनिबार, पुस २०, २०८१
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ ।

पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस
शुक्रबार, पुस १९, २०८१
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।

अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार
शुक्रबार, पुस १९, २०८१
पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट अर्याल छनोट भएका हुन् ।

मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प
शुक्रबार, पुस १९, २०८१
आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
शुक्रबार, पुस १९, २०८१
बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ ।

चिसो सिरेटो र हुस्सुले जनजीवन कष्टकर
शुक्रबार, पुस १९, २०८१
चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।