रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक
बुधबार, असार १०, २०७७
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता
बुधबार, असार १०, २०७७
जिल्लाको रिव्दीकोट गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनमा केन्द्रीत गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ८३ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले आगामी बर्षको लागि स्वास्थ्य,कृषि, पशु पर्यटन शिक्षा, खानेपानी सरसफाई, वन वातावरण...
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत
बुधबार, असार १०, २०७७
तानसेन नगरपालिकाले आगामी आर्थिक २०७७/०७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार ७ सय ४७ बराबरको बजेट ल्याएको छ । नगर सरकारले सातौ नगर सभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । बुधबारदेखि सुरू भएको नगर सभामा नगर प्रमुख अशोककुमार शाहीले पूँजीगततर्फ ४६...
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता
बुधबार, असार १०, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य, कृषि र रोजगारलाई बजेटमा प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४८ पुग्यो
बुधबार, असार १०, २०७७
जिल्लामा थप १४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका १४ जना पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ
बुधबार, असार १०, २०७७
जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा पाल्पा उद्योग वाणिज्य संघले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण गरेको छ । संघले नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्य, बुटवल उद्योग वाणिज्य संघको सहजिकरणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि तानसेनमा वितरण गरेको हो ।
अर्का देव बहादुर... !
बुधबार, असार १०, २०७७
इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बुधबार, असार १०, २०७७
नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
दैव पनि कति निष्ठुरीः पाल्ने छोरो नै खोसे पछि वृद्धाआमा र श्रीमतीको वेहाल (भिडियो सहित)
मंगलबार, असार ९, २०७७
दैव पनि कतिसम्मको निष्ठुरी हुन्छ भन्ने, भनाईलाई तानसेन ११ सम्मोवारीमा सोमवार भएको विभत्स दुर्घटना एउटा ज्वलन्त दृष्टान्त बन्न पुग्यो । काभ्रेको पाँचखाल नपा ८ का २८ बर्षका निवेश श्रेष्ठले पाँच महिना पहिला धादिङकी २२ वर्षिया रविना श्रेष्ठसँग धुमधामका साथ विहे गरेर सुखी र खुसी जीवन बिताउने बाचा, अनि वृद्धा एकल...
तानसेन पहिरो अपडेट : थप एकको सनाखत, मृतकको संख्या चार पुग्यो
मंगलबार, असार ९, २०७७
जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा पुरिएका थप एक जनाको सनाखत भएकोे छ । मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छाउने क्रममा थप एक जना पुरुषको शव निकालेका हुन् । उनी झापा शिवसतासी नगरपालिका ८ झिलेझिले बुद्धचोक बस्ने...
रामपुरका दुई जना युवाले कोरोना जितेर घर फर्किए
मंगलबार, असार ९, २०७७
जिल्लाको रामपुर नगरपालिकामा कोरोना पोजेटिभ देखिएका दुई युवा कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षका युवकहरु फलोअप पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै घर फर्किएका हुन् । गत जेठ १२ गते भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालय रामपुर ४ को क्वारेन्टाइनमा रहेका उनीहरुमा २१ गते कोरोना...
तानसेन पहिरो अपडेट : थप एकको शव भेटियो, मृतकको संख्या चार पुग्यो
मंगलबार, असार ९, २०७७
जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा थप एक जनाको शव भेटिएको छ । घटनास्थलमा मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो...


