Shittalpati
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४८ पुग्यो

पाल्पा,जिल्लामा थप १४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका १४ जना पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए । १४ जना नै तीन हप्ता अघी भारतबाट आएका थिए । उनीहरु मध्ये ८ जना वडा नम्वर ९ प्रगतिशिल प्रावि र ४ जना भानुभक्ता मावि, २ जना वडा नम्वर ५ बालकल्याण प्राविमा निर्माण गरिएको क्वारेन्टाइमा बस्दै आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको अवस्था सामन्य रहेको छ । योसँगै नगरपालिकामा संक्रमितको संख्या १६ पुगेको छ, भने संक्रमित मध्ये २ जना निको भएका छन् ।

जिल्लामा संक्रमितको संख्या दिनहुँ बढ्दै्र गएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । यस अघी बगनासकालीमा २८,पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन् । तानसेन नगरपालिकामा भने अहिले सम्म एक जनामा पनि संक्रमण देखिएको छैन ।

 

 

प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update