Shittalpati
दैव पनि कति निष्ठुरीः पाल्ने छोरो नै खोसे पछि वृद्धाआमा र श्रीमतीको वेहाल (भिडियो सहित)

जगदीश भट्टराई

तानसेन, दैव पनि कतिसम्मको निष्ठुरी हुन्छ भन्ने, भनाईलाई तानसेन ११ सम्मोवारीमा सोमवार भएको विभत्स दुर्घटना एउटा ज्वलन्त दृष्टान्त बन्न पुग्यो । काभ्रेको पाँचखाल नपा ८ का २८ बर्षका निवेश श्रेष्ठले पाँच महिना पहिला धादिङकी २२ वर्षिया रविना श्रेष्ठसँग धुमधामका साथ विहे गरेर सुखी र खुसी जीवन बिताउने बाचा, अनि वृद्धा एकल आमाका आशा र विश्वास सबै यो घटनाले निमेश भरमै हरण गरेको छ । श्रमजीवी पाखुरी बजारेर आमा र कलकलाउँदी जवानी संगालेकी नवविवाहित बुहारीलाई अलपत्र पारेर, दैवले छोरा हरण गरेपछि, ६० बर्षकी विधुवा निवेशकी आमा जनुकामाया श्रेष्ठको परिवारमा बज्रपात भएको छ ।

अविरल बर्षाले भिजेको सडक माथिबाट झरेको दलदले पहिरोले बगाएर मृत्युवरण गर्नेहरुको संख्या मंगलवार साँझसम्म चार पुगेको पुग्यो, तर पनि के कतिलाई पहिरोले बगायो, अहिलेसम्म खोजी भईरहेको छ । एक्लो सन्तान गुमाउँनु परेको पिडा र शोकले आमा जनुकामायाका आँशु वर्षाको झरी भन्दा पनि तिव्रताका साथ अविर बगी रहेका छन् । मंगलबार दिन भर आफ्नो एक्लो छोराको शोकमा भावविह्वल हँुदै डाको छोडेर आमा जनुका राई रहिन्, तर जति रोए पनि अब उनको बुढेसकालको सहारा र श्रेष्ठ परिवारको कवच सधैका लागि सिसा जस्तै टुटी सकेको छ । अर्थात् निमेश भरमै निवेशको इहलीला समाप्त भएको छ । निवेशसंगै त्यो घटनामा मर्नेहरुको संख्या चार पुगेको छ ।

शनिवार बिहानैको साईत सारेर, कम्पनीको ट्यांकरको स्टेरिंग समातेर कार्यरत निर्माण कम्पनीको कार्यक्षेत्र गुल्मीको तम्घास जाँदै गर्दा बलियो सँग समाएको स्टेरिंगसंगै तीन सय मिटर तल दलदले पहिरोसंगै खसेर पुरिदा पनि जीवितै उद्दार गरिएका निवेश अस्पतालको शैयामा पुग्दा नदुग्दै मृत्यु शैयामा परिणत भए । उनी सँगै सवार बाँकी तीन जनाको भने घटना स्थलमै मृत्यु भएको थियो । निवेशकी आमाले रुदै भनिन्, ‘कति अभागी रहेछु, सानैमा दशबर्ष पहिला श्रीमान गुमाए, अहिले बुढेसकालको छोरा गुमाउनु परो । छोरोको साटो मलाई किन लगेन ? निस्टुरी दैवले’ ।

तानसेन पहिरोमा ज्यान गुमाएका निवेशको आमा रुदै यस्तो भन्छिन्– ‘कति अभागी रहेछु, सानैमा श्रीमान गुमाए, अहिले बुढेसकालको छोरो’ (भिडियो सहित....)

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update